काठमाडौँ, ४ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ११ बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे निर्णय भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।




