काठमाडौँ, ४ चैत्र । जापानका प्रधानमन्त्री फुमिओ किशिदा दुई दिने भ्रमणका लागि भोलि भारत आउने भएका छन्।
भ्रमणका क्रममा उनले १४ औं भारत-जापान वार्षिक सम्मेलनमा सहभागिता जनाउनेछन्।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जापानी प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराएका हुन्।
हरेक वर्ष आयोजना गरिने भारत-जापान वार्षिक सम्मेलनको १४औं संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ।
भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा दुई प्रधानमन्त्रीबीच छलफल गर्ने कार्यक्रम रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।




