नागरिकलाई स्वस्थ राख्छु भन्ने जनप्रतिनिधि आउनुपर्छ: महामन्त्री थापा

`

     २०७८ चैत्र ०१ गते ९:३७

काठमाडौँ, चैत्र १ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको संवैधानिक स्वास्थ्यको हक प्राप्तिका लागि सरकारले थप चासो दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको ज्ञानेश्वरमा सहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै उनले भने ‘हामी स्थानीय तहको चुनावको सम्मुखमा छौं, चुनावमा उम्मेदवारले जसरी बाटो बनाउँछु भनेर भोट माग्छन्, अब मेरो नागरिकलाई स्वस्थ राख्नका लागि काम गर्छु भन्ने एजेन्डा पनि लिएर उम्मेदवारहरू आउनुपर्छ, यो पनि एउटा महत्वपुर्ण एजेन्डा हो।,’

उनले स्वास्थ्यको हक संविधानमा प्रष्ट लेखिए पनि सामान्य नागरिकले त्यस्तो अधिकार पाउन नसकेको बताए ।

महामन्त्री थापाले वडा तहसम्म पनि बलियो स्वास्थ्य पूर्वाधार विकास हुनुपर्ने र तबमात्रै सबै नेपालीको स्वास्थ्य राम्रो हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?