परराष्ट्र मन्त्रीको निमन्त्रणामा साउदीका विदेश मन्त्री आज नेपाल आउँदै

`

     २०७८ फाल्गुन ३० गते २:१४

काठमाडौँ, ३० फाल्गुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन् ।

उनी दुई दिने नेपाल भ्रमणको लागी आउन लागेका हुन् । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणा अनुसार उनि नेपाल आउँदै छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?