जसपाको केन्द्रीय समिति बैठक सुरु, निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने

`

     २०७८ फाल्गुन २९ गते ७:१५

काठमाडौँ, फाल्गुन २९ । जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक कालिकास्थानस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो ।

सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?