महानगरपालिकाका मेयरले साढे ७ लाख खर्च गर्न पाउनु पर्ने आयोगको प्रस्ताव

`

     २०७८ फाल्गुन २७ गते ९:५७

काठमाडौँ, फागुन २७ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता केशव दाहालका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव छ ।

उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले बताएको छ ।

कतिपय दलले यो खर्च नपुग्ने बताएका थिए । त्यसमध्ये एक लोसपाका नेता झा भन्छन्, वडाध्यक्ष जित्न २०/२५ लाख लाग्छ । या त खर्चको दायरा बढाउनुस्, नभए सबैलाई कारबाही गर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?