काठमाडौँ, २७ फाल्गुन । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा फिल्म ‘आकासे खेती’ रिलिज भएको छ ।
पुराना धारका फिल्म निर्देशनमा सफल मानिएका सुब्बाले पछिल्लो समयका कलाकार लिएर यो फिल्म निर्माण गरेका हुन् । सुब्बाकै लेखन, निर्देशन र निर्माण समेत रहेको छ ।
युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयलाई फिल्मले उठाएको निर्देशक सुब्बाले बताए । फिल्म बालबालिका, युवादेखि सबै बर्गका दर्शकले रुचाउने सुब्बाको भनाई रहेको छ ।
फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिम्बु, जयनन्द लामा र शिशिर बाङ्देल लगायतको अभिनय छ ।
साथै, ‘आकासे खेती’ संगै आज प्रभास अभिनित फिल्म ‘राधे श्याम’ पनि नेपाली हलमा रिलिज भएको छ ।




