एजेन्सी, २७ फाल्गुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको आरोपको खण्डन गरेका छन् ।
भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । ‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं कि रुसको योजना बुझ्न उसले अरुलाई के आरोप लगाउँछ भन्ने हेर्नु जरुरी छ’, जेलेन्स्कीले भने, ‘रासायनिक आक्रमणको तयारीको आरोप के हो ?’
उनले भने, ‘अब हामीमाथि कुन रासायनिक हतियारको प्रयोग गर्ने तयारी भइरहेको छ ?’ ‘मेरो भूमिमा कुनै पनि रासायनिक वा ठूला क्षति पुर्याउने हतियार निर्माण भएको छैन’, जेलेन्स्कीले थपे ।




