काठमाडौँ, २५ फागुन । दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । थप २९१ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।
देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।
सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ ।




