नेपाली राजदूत रामकाजी खड्काका अनुसार सोमबार साँझसम्म पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरमा एक सय ३६ नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने खोजिरहेका छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्न खान समन्वय गरिरहेको छ । व्यवसायी जयप्रसाद सिवाकोटीले नेपालीलाई समन्वय र सहयोग गरेका छन् । हंगेरीमा त्यहाँ बस्दै आएका नेपाली सुरेन्द्र श्रेष्ठले समन्वय गरेका छन् । जर्मनीस्थित नेपाली राजदूतावासले युक्रेनमा विनापासपोर्ट रहेका ६८ जना नेपालीलाई ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काले युक्रेनबाट उद्धार गर्नुपर्ने नेपालीहरू अब नरहेको बताए ।

" /> युद्धग्रस्त युक्रेनबाट ५७९ नेपाली बाहिरिए, ९ जना नेपाल फर्किए - Sarbocha Media

युद्धग्रस्त युक्रेनबाट ५७९ नेपाली बाहिरिए, ९ जना नेपाल फर्किए

`

     २०७८ फाल्गुन २५ गते ३:०९

काठमाडौं फाल्गुण २५ । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका अधिकांश नेपालीमध्ये जम्मा ९ जना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा पुगेका नेपालीमध्ये १५ जना प्रहरीको निगरानीमा छन् । युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट बाहिरिएकामध्ये चार सय ६६ जना पोल्यान्ड पुगेका छन् । ७८ स्लोभाकिया, २७ रोमानिया र आठजना हंगेरी पुगेका छन् । ‘युक्रेनबाट बाहिरिएका नेपालीमध्ये ६ जना आफ्नै खर्चमा र तीनजना भारतीय उद्धार उडानबाट स्वदेश फर्किनुभएको छ,’ राजदूत खड्काले भने । उनका अनुसार बाँकी नेपालीले स्वदेश फर्किने इच्छा गरेका छैनन् ।

नेपाली राजदूत रामकाजी खड्काका अनुसार सोमबार साँझसम्म पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरमा एक सय ३६ नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने खोजिरहेका छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्न खान समन्वय गरिरहेको छ । व्यवसायी जयप्रसाद सिवाकोटीले नेपालीलाई समन्वय र सहयोग गरेका छन् । हंगेरीमा त्यहाँ बस्दै आएका नेपाली सुरेन्द्र श्रेष्ठले समन्वय गरेका छन् । जर्मनीस्थित नेपाली राजदूतावासले युक्रेनमा विनापासपोर्ट रहेका ६८ जना नेपालीलाई ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काले युक्रेनबाट उद्धार गर्नुपर्ने नेपालीहरू अब नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?