पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो। एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो। एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

वाङ भ्रमणका क्रममा हस्ताक्षर हुने एजेन्डाहरू अहिले तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए।

" /> विशेष अर्थमा चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदै - Sarbocha Media

विशेष अर्थमा चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदै

`

     २०७८ फाल्गुन २५ गते २:२३

काठमाडौं,फागुन २५ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्।अहिले वाङको भ्रमणको ‘दुबैतिर तयारी भइरहेको छ। मिति तोक्न बाँकी छ। छिट्टै हुने सम्भावना छ’ परराष्ट्र स्रोतले भन्यो। यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो। एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो। एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

वाङ भ्रमणका क्रममा हस्ताक्षर हुने एजेन्डाहरू अहिले तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?