अध्यक्ष ओलीले भने–‘मतपत्रमा हरियो रङ्गको चुनाव चिह्न राख्ने निर्णय भयो रे ? हरियो चिन्ह किन राख्ने रु के कारणले राख्ने, निर्वाचन आयोगले बताउनुपर्‍यो ? हो कि हैन निर्वाचन आयोगले बताउनुपर्‍यो । निर्वाचन आयोगसँग सोध्न पाएको छैन, म अत्यन्तै व्यस्त छु । उहाँहरूसँग सोधुँला बुझुँला ।’ उनले के का लागि हरियो रङ्गको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे । उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्दा जितेर आएको भन्दै व्यङ्ग्य गरे ।

सभामुख अग्नि सापकोटाको आलोचना गर्दै अध्यक्ष ओलीले सभामुखले मनपरी गरेको आरोप लगाए । उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गर्दै एमालेप्रति विभेद गरेको बताए । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलब छैन । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तवरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने, दुई तिहाइको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरूको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’

अध्यक्ष ओलीले परमादेशबाट मुद्दा जितेर बनेको सरकार एमालेको विरोधी स्वाभाविक भएको बताउँदै मुद्दा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे । उनले भने–‘अव मुद्दा जितेर कोही स्थानीय तहको मेयर बन्छ ? मुद्दा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्दा जितेर आएको छ ।’ उनले समृद्ध नेपाल सुखी नेपाली भनेर आफूले पढाए पनि आफ्ना विरोधीहरूले त्यो सिक्नै नसकेको दाबी गरे ।

ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको उल्लेख गरेका छन् । मंगलबार नै पोखराको एक कार्यक्रममा सहभागी भएका ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको हुने उल्लेख गरे । उनले सत्य र असत्यको लडाइँ बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै अबको लडाइँ परमादेशी र जनादेशीबीचको भएको बताए । उनले एमाले जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

ओलीले भने, ‘सत्य र असत्यको लडाइँ समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रूपमा हुन्छ । अनेक रूपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ । आजको परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतीकको लडाइँ भनेको परामादेशी शक्तिहरू हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’ अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा भएको कार्यक्रममा उनले महिला सशक्तीकरणको पक्षमा जोड दिए । उनले नेपालको राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पुर्‍याएको बताए । यस्तै संसद्मा ३३ प्रतिशत र स्थानीय तहको जनप्रतिनिधिमा ४१ प्रतिशत महिला सहभागी रहेको बताउँदै विश्वका शक्तिशाली देशलाई नेपालमा ३३ प्रतिशत महिला सहभागिता गराएको भन्दा जिब्रो टोक्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस् भन्दै महिलाहरूलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाइमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए । हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै उनले महिला शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा गरिएको कार्यक्रममा बोल्दै नेपाली महिलाहरू सशक्त हुँदै गएको बताए । उनले छोरा पाउने मात्र नभई छोरी पाउने बाबुआमा अझै बढी भाग्यमानी भएको टिप्पणी गरे ।

" /> नेकपा एमालेले सभामुख,निर्वाचन आयोग र हरियो चुनाव चिन्ह कुनै पनि हालतमा नमान्ने घोषणा - Sarbocha Media

नेकपा एमालेले सभामुख,निर्वाचन आयोग र हरियो चुनाव चिन्ह कुनै पनि हालतमा नमान्ने घोषणा

`

     २०७८ फाल्गुन २४ गते ३:३३

काठमाडौं, फागुन २४ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै ऐमाले अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे । उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह राख्ने निर्णय अमान्य हुने बताए । एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकार, अदालत, सभामुखका साथै निर्वाचन आयोग समेत एमालेको विरुद्धमा लागिरहेको आरोप लगाउँदै आयोगको सो निर्णयबारे पदाधिकारीहरूसँग कुरा गर्ने बताए ।

अध्यक्ष ओलीले भने–‘मतपत्रमा हरियो रङ्गको चुनाव चिह्न राख्ने निर्णय भयो रे ? हरियो चिन्ह किन राख्ने रु के कारणले राख्ने, निर्वाचन आयोगले बताउनुपर्‍यो ? हो कि हैन निर्वाचन आयोगले बताउनुपर्‍यो । निर्वाचन आयोगसँग सोध्न पाएको छैन, म अत्यन्तै व्यस्त छु । उहाँहरूसँग सोधुँला बुझुँला ।’ उनले के का लागि हरियो रङ्गको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे । उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्दा जितेर आएको भन्दै व्यङ्ग्य गरे ।

सभामुख अग्नि सापकोटाको आलोचना गर्दै अध्यक्ष ओलीले सभामुखले मनपरी गरेको आरोप लगाए । उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गर्दै एमालेप्रति विभेद गरेको बताए । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलब छैन । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तवरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने, दुई तिहाइको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरूको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’

अध्यक्ष ओलीले परमादेशबाट मुद्दा जितेर बनेको सरकार एमालेको विरोधी स्वाभाविक भएको बताउँदै मुद्दा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे । उनले भने–‘अव मुद्दा जितेर कोही स्थानीय तहको मेयर बन्छ ? मुद्दा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्दा जितेर आएको छ ।’ उनले समृद्ध नेपाल सुखी नेपाली भनेर आफूले पढाए पनि आफ्ना विरोधीहरूले त्यो सिक्नै नसकेको दाबी गरे ।

ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको उल्लेख गरेका छन् । मंगलबार नै पोखराको एक कार्यक्रममा सहभागी भएका ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको हुने उल्लेख गरे । उनले सत्य र असत्यको लडाइँ बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै अबको लडाइँ परमादेशी र जनादेशीबीचको भएको बताए । उनले एमाले जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

ओलीले भने, ‘सत्य र असत्यको लडाइँ समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रूपमा हुन्छ । अनेक रूपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ । आजको परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतीकको लडाइँ भनेको परामादेशी शक्तिहरू हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’ अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा भएको कार्यक्रममा उनले महिला सशक्तीकरणको पक्षमा जोड दिए । उनले नेपालको राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पुर्‍याएको बताए । यस्तै संसद्मा ३३ प्रतिशत र स्थानीय तहको जनप्रतिनिधिमा ४१ प्रतिशत महिला सहभागी रहेको बताउँदै विश्वका शक्तिशाली देशलाई नेपालमा ३३ प्रतिशत महिला सहभागिता गराएको भन्दा जिब्रो टोक्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस् भन्दै महिलाहरूलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाइमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए । हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै उनले महिला शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा गरिएको कार्यक्रममा बोल्दै नेपाली महिलाहरू सशक्त हुँदै गएको बताए । उनले छोरा पाउने मात्र नभई छोरी पाउने बाबुआमा अझै बढी भाग्यमानी भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?