काठमाडौँ, फाल्गुन २४ । ओस्कार विजेता अभिनेता लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई सहयोग गरेका छन् । डिक्याप्रियोले युक्रेनलाई १० मिलियन डलरको आर्थिक सहयोग गरेका छन् ।
तर, डिक्याप्रियोले यो सहयोगको पछाडि एउटा ठूलो कारण बताइन्छ, जुन अहिलेसम्म उनका फ्यानलाई थाहा थिएन ।
टाइटानिक फेम लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई १० मिलियन डलर सहयोग गरेका छन्, यसको पछाडिको ठूलो कारण उनकी दिवंगत हजुरआम रहेकी छन् । लियोनार्डोकी हजुरआमा युक्रेनको ओडेसाकी थिइन्, जसको २००८ मा निधन बह्येको थियो ।
ओडेसा त्यही शहर हो जहाँ रसियाले भयंकर मिसाइल प्रहार गरेको थियो, जेट लडाकुहरूले शहरमा लगातार बमबारी गरिरहेका छन् । यस्तो अवस्थामा डिक्याप्रियोले आफ्नी हजुरआमासँग ओडेसामा बिताएका समयलाई सम्झिएर सहयोगको हात अगाडी बढाएका छन् ।
लियोनार्डो आफ्नो आमाबाबुको एक मात्र सन्तान हुन् । उनकी आमा कानुनी सचिव थिइन् र बुबा कमिक्स कलाकारका साथै वितरक थिए ।




