- पुनम घिमिरे
हृदयको तरेलिमा
भाव स्पन्दनद्वारा श्रृजित
मायाका अमुत कोसेली
मेरा यी नयनको मार्ग गरी
तिम्रो त्यो हृदयलाई
स्पन्दित गराएकी छु।
आशा छ
तिम्रो दिल बनाई
अधरले स्पर्श गरी
भाव गंगामा डुबुल्की मारि
शव्दका माधुर्यतामा हराउँदै
रसास्वाधन गर्ने नै छौ ।
तिमी न त भिन्न छौ
न त पर नै छौ
शाश्वत यहि हो
प्रेम न प्रदर्सन हो
न प्राप्तिको चाहा नै
होइन र प्रिय ।
मेरा हर स्पन्दनमा भेटिन्छौ
मायाद्वारा घनीभुत छौ
तिम्रो तस्बिर धुमिल हुदै
गाडा बन्दै जान्छ
झन फेरि किन
हृदयको स्पन्दन
जोरले डढ्किन्छन्
मेरा यी नयनका परेलिहरुमा
आवतनरहित भै अढि दिन्छ ।
तिम्रो आभाष मात्रले पनि
मेरो कोमल हृदय
अपूर्व अनुपम दिव्यता
भित्र हराई जान्छ
अनि म
तिमिमा प्रस्फुटिट् हुन्छु
शशि उदायसरी
तिमी वसन्ति पल्लब
म माधुर्य सरी ।
उषाको किरणसँगै
सुटुक्क आइ
सितल समीर स्पर्शद्वारा
सम्झनाका तरेलिहरुमा
हलचल मचाई
म भित्रको प्रेमिल ज्वारभाडा
बिस्फोट गराइ दिन्छौं ।

ती ज्वारभाडाबाट निस्केका
प्रेमिल लाभाहरुमा
अपूर्ब आन्नदको अनुभुती पाउँछु
प्रश्न छ तिमिलाई प्यारा
मलाई मात्र कि
तिमिलाई पनि छुन्छ
त्यो सितल समीर स्पर्शले ।



