काठमाडौँ, २३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उनले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिए ।
एमाले सधैँ आर्थिक समुन्नति, वैज्ञानिक एवं न्यायोचित समानता, हक तथा अधिकारको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताउँदै उनले देशभित्र र बाहिरका प्रतिक्रियावादीसँग मिलेर परमादेशको सरकार बनाइएको बताए । मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको उनको भनाइ छ ।




