प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: अध्यक्ष नेपाल

`

     २०७८ फाल्गुन २२ गते ११:५५

काठमाडौँ, २२ फाल्गुण । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको समेत बताए ।

उनले एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेको बताए । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?