संसद् बैठक स्थगित, अर्को बैठक २९ फागुनमा बस्ने

`

     २०७८ फाल्गुन २२ गते ८:५९

काठमाडौँ, २२ फाल्गुण । प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । आज बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । समिति गठनसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?