राजदूतहरुले युक्रेनमा शान्तिको कामना गर्दै वौद्धनाथमा मैनवत्ती प्रज्वलन गरे

`

     २०७८ फाल्गुन १९ गते २:१९

काठमाडौं, फागुन १९ । संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले युक्रेनमा शान्तिको कामना गर्दै काठमाडौंको वौद्धनाथमा मैनवत्ती प्रज्वलन गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेका हुन् ।

काठमाडौंको वौद्धनाथमा बिहीबार साँझ मैनवत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए । गत बिहिवार देखि रूस र युक्रेनबीच भिषण युद्ध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?