काठमाडौं, फागुन १९ । रुसी हमलाको आज आठौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरिरहेका छन्। सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ । युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् । रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।
राजधानी किभका अधिकांश स्थानहरुमा भयानक बिस्फोटहरु भईरहेका छन्। हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको छ।
यसैक्रममा रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् । राष्ट्रपति भ्लादमिर पुटिनले यसअघि नै रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिईसकेका छन्। अहिले राजधानी किभ भयानक बिस्फोटले हल्लिरहेको अवस्था छ।




