राष्ट्रपति बाइडेनले रुसका सबै विमानलाई अमेरिका आउन रोक लगाए

`

     २०७८ फाल्गुन १८ गते ५:०८

काठमाडौं, फागुन १८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै रुसका सबै उडानले अब अमेरिकी हवाई क्षेत्रको प्रयोग गर्न नसक्ने भनि पुष्टि गरेका छन् । बाइडेनले आफ्नो भाषणका बेला यी रुसी उडानमा सबै प्रकारका व्यावसायिक र नीजि उडान समावेश भएको बताएका छन् ।

युरोपेली राष्ट्र र क्यानडाले पहिले नै रोक लगाईसकेका छन् । बाइडेनले यो प्रतिबन्धले रुसलाई थप एक्ल्याउने र उसको अर्थव्यवस्थामा भारी दबाब पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?