काठमाडौँ, १५ फाल्गुण । नायक पल शाह प्रकरणमा नेपाली चलचित्र क्षेत्रका नायिका रेखा थापा र रिचा शर्माले पनि आज मात्रै फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
पीडित किशोरीको समर्थन गर्दै नायिका रेखा थापा लेख्छिन् ‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो। को सँग लभ छरु कति पटक यौनसम्पर्क भयोरु यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनकरुपमा नेपालमा ब्याप्त छ।’
यस्तै नायिका रिचा शर्मा लेख्छिन् ‘मुलुकी अपराध संहिताले भन्छ’१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन ररु १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो।




