सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदै छ: भीम रावल

`

     २०७८ फाल्गुन १३ गते १२:२२

काठमाडौँ, फागुन १३ । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कु कृत्य गर्दैछन् । सजग रहौं ’ रावलले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?