काठमाडौँ, १३ फाल्गुण । एमसीसी विरुद्ध आज पनि जनप्रदर्शन भएको छ ।
नयाँ बानेश्वरमा माओवादी केन्द्रका जनवर्गीय संगठन, जबस मोर्चा, संयुक्त जनआन्दोलन समिति लगायतको आयोजनामा प्रदर्शन भएको हो ।
केही दिनअघि संसदमा एमसीसी टेबल भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन थप चर्किँदै गएको छ ।




