हामी एक्लै लड्दै छौँ: युक्रेनी राष्ट्रपति

`

     २०७८ फाल्गुन १३ गते ६:३६

काठमाडौँ, फाल्गुण १३ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरुले एक्लै आफ्नो राज्यको रक्षामा लडिरहेको बताएका छन् ।

एक सम्बोधनमा उनले भने-आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौं । हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढाबाट हेरिरहेका छन्।

उनले के रुस हिजोको प्रतिबन्धबाट विश्वस्त भएको थियो रु भन्दै अमेरिकासहित युरोपका देशहरुलाई प्रश्न गरेका छन् । उनले हामीले हाम्रो आकाशमा सुन्छौं र हाम्रो पृथ्वीमा हेर्दा यो प्रतिबन्ध पर्याप्त नभएको अनुभव भएको बताएका छन् ।

उनले राजधानी किभमा रुसले धेरै मिसाइल आक्रमणहरूको पुष्टि गरेका छन् । उनले स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे आक्रमण सुरु भएको बताए । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।

अमेरिकासहित नाटो सदस्य देशहरुले रुसको आक्रमणको कडा विरोध गरेर बिभिन्न प्रतिबन्धको घोषणा गरेपनि युक्रेनमा रुसविरुद्ध लड्न आफ्ना सेना नपठाउने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?