" /> स्थानीय निर्वाचनका लागि आयोगमा २९ दल दर्ता, फागुन १५ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने - Sarbocha Media

स्थानीय निर्वाचनका लागि आयोगमा २९ दल दर्ता, फागुन १५ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने

`

     २०७८ फाल्गुन १२ गते ११:०४

काठमाडौँ, १२ फाल्गुन । स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन एकता, राष्ट्रिय जनमुक्ति विवेकशील पार्टीलगायत २९ दल दर्ता भएको जानकारी दिइएको हो ।

यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १५ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?