काठमाडौँ, फाल्गुन ११ । पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २४ घण्टायता ९११ जना निको भएका छन् । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।
२४ घण्टामा १ लाख ३५ हजार ७९० जनाले खोप लगाएका छन् ।
थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ ।




