ज्ञानेन्द्र शाहीले राप्रपामा प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी सम्हाल्ने

`

     २०७८ फाल्गुन ११ गते ५:५२

काठमाडौँ, ११ फाल्गुण । ज्ञानेन्द्र शाहीलाई राप्रपाले जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् ।

फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?