काठमाडौँ, १० फाल्गुण । नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २९९ र एन्टीजेन परिक्षणबाट १७७ गरि कुल ४७६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८३१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ७४७ पुगेका छन् ।
थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ ।




