एमसीसी सम्झौता टेबुल गरेको विरोधमा कर्णालीका १० वटै जिल्लाको प्रशासन कार्यालय घेराउ

`

     २०७८ फाल्गुन ०८ गते १०:३७

काठमाडौँ, ८ फाल्गुण । एमसीसी सम्झौता संसदमा पेश गरेको भन्दै विप्लव नेतृत्व नेकपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान, मोहन वैद्य नेतृत्व नेकपा (क्रान्तिकारी)लगायतका १० वटा राजनीतिक दलले कर्णालीका १० वटै जिल्ला कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले घेराउ गरेका छन् ।

सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए ।

एमसीसी सम्झौताविरुद्धमा सत्तारुढ गठबन्धन दल नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) दल निकट विद्यार्थी, युवा अन्य भातृ संगठनहरूले विभिन्न जिल्लामा विरोध जुलुश निकालेका छन् ।

सम्झौता देशको हित विपरित भएका कारणले सबै जिल्लामा विरोध प्रर्दशन गरिएको माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?