सीता परियार बनिन दलित समुदायबाट पहिलो महिला सिडिओ

`

     २०७८ फाल्गुन ०६ गते ५:२७

काठमाडौँ, ६ फाल्गुण । गृह मन्त्रालयले बिहीबार सीता परियारलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेसँगै उनी दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी छिन् ।

यसअघि उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् ।

परियार पहिलो महिला प्रजिअ भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । उनले भने–‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएनन् ।’ सीता उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा.मानबहादुर विश्वकर्मा सचिव बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?