काठमाडौँ, ४ फाल्गुण । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभामा नाराबाजी गरेको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले आफ्नो सिटबाट उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
एमालेले सभामुखले आफ्ना १४ सांसद (हाल एकीकृत समाजवादीका)लाई कारवाही नगरेको भन्दै सभामुखविरुद्ध विरोध गर्दै आएको छ भने संसद सुचारु हुन समेत दिएको छैन ।




