३ जान गाँजा तस्करी पक्राउ, ६९ किलो गाँजा बरामद

`

     २०७८ फाल्गुन ०३ गते १०:५२

काठमाडौँ, ३ फाल्गुण । सिन्धुली प्रहरीले बाहिर निकासीका लागि लैजाँदै गर्दा सोमबार राति ६९ किलो गाँजासहित कमलामाइ नगरपालिका ४ को खहरेबाट ३ जनालाई पक्राउ गरिएको डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनका अनुसार मरिण गाउँपालिका–७ देबसराका बहादुर गोलेलाई ३२ दशमलब २३२ किलो, कमलामाई नगरपालिका–१ खहरेखोलाका कालु ब्लोनलाई २० दशमलब ३४ किलो र कृष्णबहादुर ब्लोनलाई १६ दशमलब २७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १३ प्याकेट गाँजा बरामद गरिएको डिएसपी लामाले बताए ।

उनिहरुलाई लागूऔषध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?