काठमाडौँ, ३ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरू भएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल हुने बताइएको छ ।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो ।




