काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

`

     २०७८ फाल्गुन ०२ गते ७:५०

काठमाडौँ, २ फाल्गुण । नेपाली काँग्रेसले संसदीय दलको बैठक भोली बस्ने भएको छ ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने उनले रातोपाटीलाई जानकारी दिए । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका विषयमा हुने जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?