एमाले संसदीय दलको बैठक जारी, प्रधानन्यायाधीश विरुद्धको महाअभियोगमा एमालेको भूमिकाबारे छलफल हुने

`

     २०७८ फाल्गुन ०२ गते ६:४०

काठमाडौँ, २ फाल्गुण । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?