महाअभियोग दर्तापछि प्रधानन्यायाधीश राणा स्वतः निलम्बित

`

     २०७८ फाल्गुन ०१ गते ६:३५

काठमाडौँ, १ फाल्गुण ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् ।

संविधानविद् डा। भीमार्जुन आचार्यका अनुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाइने बताए ।

संविधानको धारा १०१ को ९६० ९२० अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?