काठमाडौँ, २८ माघ । नेपालमा थप ११२८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२१५ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ४४७ पिसिआर र ३५४२ नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ९८९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८७८ पुगेको छ ।




