हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डासहितको नयाँ पार्टी गठन हुनेछ: कमल थापा

`

     २०७८ माघ २८ गते ७:२७

काठमाडौँ, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो नयाँ पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् ।

नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् ।

‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ’, उनले भने,‘ फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।’

राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको पनि पत्रकारहरुसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?