आज एमसिसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहितका दलहरूले प्रदर्शन गर्दै

`

     २०७८ माघ २६ गते ५:४९

काठमाडौँ, २६ माघ । सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध दिउँसो १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्दैछन् ।

प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सहभागी हुने जनाइएको छ ।

ती दल र मोर्चाले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?