नेपालमा थप १९५७ सङ्क्रमित,११ जनाको मृत्यु

`

     २०७८ माघ २५ गते १०:५३

काठमाडौँ, २५ माघ । नेपालमा थप १९५७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१०३ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार १८१ पुगेका छन् ।

पछिल्लो कोरोनाबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?