लामो समयदेखि सर्दै आएको प्रतिनिधि सभाको बैठक भोलि बस्ने

`

     २०७८ माघ २५ गते ९:१०

काठमाडौँ, २५ माघ । प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगिएको थियो ।

भोलि बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ ।

प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ । एमसीसी परियोजनाबारे राजनीतिक सहमति जुटिनसकेको अहिलेको अवस्थामा तत्काल यो विषय संसद्मा प्रवेश गर्ने सम्भावना कम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?