स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने

`

     २०७८ माघ २४ गते १०:५०

काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?