सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ माघ २४ गते ५:३३

काठमाडौँ, २४ माघ । सोमबार सुनचाँदीको मुल्यमा वद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै,चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?