स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सिंहदरबारभित्र कालो बेलुन उडाएर विरोध

`

     २०७८ माघ २३ गते ९:०२

काठमाडौँ, २३ माघ । नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए ।

संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?