काठमाडौँ, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति तोक्ने तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा सहमति बनाउने प्रयास अनुरुप ओलीसँग छलफल गर्न लागेका हुन् ।
एमसीसीक विषयमा सत्तारुढ गठबन्धनमा विवाद देखिएका बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री देउवा र ओलीबीच आइतबार अपरान्ह ४ बजे बालुवाटारमा भेटवार्ता हुने बताइएको छ ।




