गठबन्धन दिगो रूपमा अघि बढ्ने नेपालको जिकिर

`

     २०७८ माघ १९ गते ७:५९

काठमाडौँ, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नटुट्ने बताएका छन्।

बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।

‘कसैले गठबन्धन तोड्न चाहेको होला तर पूरा हुँदैन,’ बालुवाटारमा छलफल गरेर अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका अध्यक्ष नेपालले भने, ‘गठबन्धनबारे विभिन्न खबरहरू आएका छन् त्यसमा सत्यता छैन।’

उनले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरिएको र अब पनि गठबन्धन गर्दै जाने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?