काठमाडौं । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले खोपमा हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता गरेको छ ।
खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरि कारवाही गर्न निवदेन दर्ता गरिएको हो । युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानविन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरेको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
युवा संघले कोरोना महामारीबाट जोगाउका लािग केपी ओली नेतृत्वको सरकारले निःशूल्क खोप अभियान सञ्चालन गरेपनि वर्तमान सरकारले भने खोपको चरम दूरुपयोग गरेको आरोप लगाएको छ ।




