काठमाडौँ, १७ माघ । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।
अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले रु ३ करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।
उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर ९ठूलो० अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए। अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौँडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ रहेको छ ।
हाल अस्पतालमा नौ कारोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले बताउनुभयो । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।




