काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समयमै स्थानीय तहको निर्वाचन चाडै हुनुपर्ने बताएको छ ।
आज विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरेका थिए ।
सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उनले बताए ।
‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ,’ उनले भने।




