काठमाडौँ, १३ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।
महासंघले आज छापावाल सुन तोलाको ९३ हजार ५०० मा कारोबार भैरहेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार रहेको छ ।
आज चाँदीको मूल्य प्रति तोला १० रुपैंयाले घटेर तोलाको १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




